‘होस्टेल ३’ अब फागुन २३ मा आउने

735 shares

काठमाडौँ । सशान कँडेलको निर्देशनमा बनेको फिल्म ‘होस्टेल ३’ को नयाँ रिलिज मिति सार्वजनिक भएको छ । शुक्रबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै नयाँ मिति तोकिएको हो ।

यसअगाडि फिल्म फागुन १६ मा आउने जनाइएको थियो । अब भने फिल्म फागुन २३ गतेबाट प्रदर्शनमा आउने छ । सो मितिमा अन्य कुनै पनि फिल्मले प्रदर्शन मिति तोकेका छैनन ।

फिल्मको सार्वजनिक पोष्टरमा चार पात्रहरुलाई प्रस्तुत गरिएको छ । आशिष घिमिरे, पारस बम ठकुरी, रिहान गिरि र पदम तामाङलाई पोस्टरमा प्रस्तुत गरिएको छ । बास्केटबल कोर्टको परिवेशमा चार पात्रहरु रमाइलो मुडमा देखिएका छन् पोस्टरमा । कलेज जीवनमा साथिहरुको मित्रता पोस्टरले देखाएको छ ।

फिल्मको कथा निर्देशक कँडेलकै रहेको छ । माधव शर्माको स्क्रिप्ट लेखन रहेको फिल्मलाई सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँग सहकार्यमा निर्माण गरेको हो । फिल्मको निर्मातामा कर्ण कार्की र गोविन्द अधिकारी, सह–निर्मातामा सुरेश कँडेल तथा कार्यकारी निर्मातामा शङ्कर कोइराला रहेका छन् ।

फिल्ममा सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, रोहन श्रेष्ठ, सन्तोष बानियाँ, आशिष पुरुषलगायतको पनि अभिनय रहेको छ । य

735 shares