निरुता सिंह र उत्तम प्रधान ‘महादशा’मा एकासाथ देखिदै

1.77K shares

काठमाडौँ । ‘दर्पण छायाँ’को हिट जोडि निरूता सिंह र उत्तम प्रधानले फेरि एकसाथ फिल्ममा काम गर्ने भएका हुन् । उनिहरुले निर्माणको तयारीमा रहेको फिल्म महादशामा एकसाथ काम गर्न लागेका हुन् ।

किरण नेपालीको निर्देशनमा बन्ने फिल्ममा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरिनेछ । फिल्मलाई लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्नेछ ।

फिल्ममा निरुता र उत्तमको साथमा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरूङको पनि अभिनय रहनेछ। मनीष गौतमले लेखेको फिल्ममा राजेन्द्र के. शाह, श्याम मगर र अमलादेवी राईले लगानी गरेका छन्।

फिल्मका कार्यकारी निर्माता सुरज आचार्य हुन् । निरूता र उत्तमले ‘दर्पण छायाँ’, ‘लहना’, ‘उपहार’ लगायत फिल्ममा सहकार्य गरेका छन्।

1.77K shares