राजेश हमालको फिल्ममा नीति पछि सनिसाको इन्ट्रि

1.86K shares

काठमाडौँ । महानायक राजेश हमालले कमब्याक गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’को कलाकार अनुबन्धित गर्ने काम धमाधम भइरहेको छ । निर्माण टिमले नीति शाहलाई अभिनेत्रीको रुपमा अनुबन्धित गरिसकेको छ ।

यस्तोमा निर्माण टिमले मोडल सनिसा भट्टराईलाई फिल्ममा अनुबन्धित गरेको छ । निर्माण टिमले सनिसासँग सम्झौता समेत गरिसकेको जनाइएको छ । उनले यसअगाडि विराज भट्टको ‘१२ गाउँ’मार्फत फिल्ममा डेब्यु गरेकी छन् ।

दीवाकर भट्टराईको निर्देशनमा बन्ने फिल्म भदौबाट छायांकनमा जानेछ । यहि फिल्मबाट हमालले दमदार कमब्याक गर्ने अपेक्षा गरिएको छ ।

1.86K shares