एलिना चौहान भन्छिन्, ‘मेरो नामबाट ठग्ने प्रयास भएको छ, सचेत रहनु’

2.02K shares

काठमाडौँ । गायिका एलिना चौहानले आफ्नो नामबाट कसैले ठगिरहेकोले सचेत रहन आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो ठगिबाट बच्न सबैलाई अनुरोध गरेकी हुन् ।

एलिनाले लेखेकी छिन्, ‘मेरो फेसबुक आइडी प्रयोग गरेर केही व्यक्तिहरूले पैसा उठाउने काम गरिरहेका छन् भन्ने जानकारी पाएकी छु’, ‘सबैलाई अनुरोध छ, सावधान रहनुहोस् । त्यस्ता ठगहरूलाई पैसा नदिनुहोस् ।’

उनले आफ्नो कुनै आइडी वा नाम प्रयोग गरेर सम्पर्कमा आए तुरुन्त ब्लक र रिपोर्ट गर्न अनुरोध गरेकी छन् ।

2.02K shares