‘मैझारो’ को टिजरमा धिरज र मिरुनाको प्रेममा उतारचढाव
वि.सं.२०८२ असोज ६ सोमवार ११:४५

काठमाडौँ । तक्मे बुढाको निर्देशनमा बनेको फिल्म ‘मैझारो’ टिजर सार्वजनिक भएको छ । निर्माण टिमले सोमबार घटस्थापनाको अवसरमा फिल्मको टिजर सार्वजनिक गरेको हो ।
टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर र मिरुना मगरबिचको प्रेममा आउने उतारचढावलाई देखाइएको छ । उता दीया पुनबीचको त्रिकोणात्मक प्रेम पनि देखाउन खोजिएको छ ।
निर्देशक विल्सन विक्रम राइकै कथा रहेको फिल्म आगामी कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउनेछ । फिल्ममा धिरज, मिरूना र दीयाका साथमा सुनील थापा, माओत्से गुरूङ, बुद्धि तामाङ, पुस्कर गुरूङ, अभयराज बराल, कविता आले, प्रेम सुब्बा, रजनी गुरूङ, उदय सुब्बालगायत कलाकारहरूको अभिनय छ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा डि.वि राई र सरिना लामा (राई) निर्माता रहेको फिल्ममा अनमोल गुरूङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतले यसका गीतमा स्वर दिएका छन्। सौरभ लामाले फिल्मको छायांकन गरेका हुन्।
वि.सं.२०८२ असोज ६ सोमवार ११:४५








