पेप्सिकोला दुर्घटना : एकको मृत्यु, ६ जना घाइते
वि.सं.२०८० भदौ १७ आइतवार ०५:१६
2K
shares

काठमाडौँ । पेप्सिकोला सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान बसले बोलेरो र स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै, दुर्घटनामा ६ जना घाइते भएका छन् । बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशा तर्फबाट आएको बा ६ च ५३४२ नम्बरको बोलेरो गाडी एक आपसमा ठोकिँदा बा.प्र.०२ ०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२ ०४१ प ४८३८ नम्बरको मोटरसाइकलसहित ठोकिई दुर्घटना भएको हो।
बिहान करिब साँढे सात बजेतिर भएको दुर्घटनाका घाइतेको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ।
वि.सं.२०८० भदौ १७ आइतवार ०५:१६
2K
shares







