दमदार ‘अगस्त्य’मा कमजोर मलिका

2.23K shares

काठमाडौँ । पछिल्लो समय अगस्त्य च्याप्टर १ को चर्चा सबैतिर छाएको छ । फिल्मको पोष्टर हुदैँ सार्वजनिक भएको टिजर र ट्रेलरसम्म आइपुग्दा फिल्मको हाइप सबैतिर बढेको छ ।

पछिल्लो समय एकनासका फिल्म हेरिरहेका नेपाली दर्शकका लागि अगस्त्य राम्रो खुराक बन्न सक्छ । त्यस्तै, ट्रेलरमा देखाइएको एक्सनले पनि दर्शकलाई मनोरन्जनको अर्को एउटा खुराक फिल्मले दिनेछ ।

एक समय नेपाली फिल्म एक्सन जनराका मात्रै बन्थे पछिल्लो केहि समययता फिल्महरु स्थानीय कथा र कमेडि जनरामा मात्र निर्माण हुने प्रचलन नै आयो । त्यस्तैमा अगस्त्यको टिमले एक चुनौति मोल्दै एक्सन जनरामा फिल्म बनाउने जमर्को गरेको छ । विश्वभर नै एक्सन फिल्मका पारखिहरु उल्लेख्य रहेका छन् । विशेष गरि पछिल्लो समय दक्षिण भारतिय चलचित्रका पारखिहरुका लागि त एक्सन अनिवार्य जस्तै भएको छ ।

बाहुबलि, केजिएफ, पछिल्लो समय आएको सलारले एक्सनलाई भिन्न तरिकाले प्रस्तुत गरिदिए । एक्सन फिल्ममा दर्शकको चासो अझ बढ्न थाल्यो । यस्तैमा नेपालमा पनि अगस्त्य पछिल्लो समयको गेमचेन्जर फिल्म बन्न सक्छ । टिजर र ट्रेलरमा देखाइएको एक्सनले दर्शकको कौतुहलता बढाएको छ । आशा गरौँ फिल्म पनि उस्तै बनोस् ।

लामो समयको ग्याप पछि फिल्ममा फर्किएका नाजिर हुसेन र पछिल्लो समय सर्वाधिक रुचाइएका सौगात मल्लको केमेष्ट्रिले फिल्मलाई अझ राम्रो बनाउने निस्चित छ । हरेक भुमिकामा खरो उत्रने सौगातलाई फिल्मको ट्रेलर सार्वजनिक भएपछि नेपाली मेकरले उनको क्षमतालाई पहिचान गर्न नसकेको प्रश्न उठेको छ ।

ट्रेलरमा सौगातको एक्सन, ह्यान्ड ट् ह्यान्ड कम्ब्याट सिन त गज्जब नै रहेको छ । त्यस्तै नाजिरले पनि उत्तिकै टक्कर दिएका छन् । यी दुईलाई फिल्मका भिलेन प्रमोद अग्रहरीले टक्कर दिएका छन् । जब प्रमोद भिलेन बन्छन् उनको चौतर्फि तारिफ हुने गरेको छ ।

फिल्मको मुख्य नायिका मलिका महतको भुमिका ट्रेलरमा खासै चित्त बुझ्दो छैन । नेपाली फिल्ममा महिला पात्रहरुलाई शो पिसको रुपमा प्रयोग गर्ने चलन पुरानै हो । त्यहि नियति अगस्त्यमा मलिकाको हकमा नदोहोरियोस् । ट्रेलरमा उनको डाइलग डेलिभरी एकदमै कमजोर महसुस हुन्छ । फिल्मले जुन प्रकारको भिजन देखाउन खोजेको छ, त्यसमा मलिकाको उपस्थिति कमजोर बनाउँछ । आशा गरौँ फिल्ममा उनको उपस्थिति बलियो होस् ।

2.23K shares