‘पूलिस दाई’मा सलोन र पूजाको छमछमी
वि.सं.२०८० फागुन २८ सोमवार ०८:२४
5.23K
shares

काठमाडौँ । चैत्र २३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बद्री बहादुर’को ‘पूलिस दाई’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार ओएसआर डिजिटल मार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा सलोन बस्नेत र पूजा शर्माले नृत्य गरेका छन् । उनिहरुले फिल्मको गीतमा मात्र अभिनय गरेको जनाइएको छ ।
शिवम् अधिकारीको शब्द रहेको गीतमा टंक बुढाथोकिले संगीत भरेका छन् । गीतमा बुढाथोकी र मिलन नेवारको स्वर रहेको छ ।
शोभित बस्नेतको निर्देशनमा बनेको फिल्ममा जयकिशन बस्नेत, राजिव जंग बस्नेत, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८० फागुन २८ सोमवार ०८:२४
5.23K
shares







