प्रमुख कलाकारसहित ‘पुजार सार्की’को नयाँ पोष्टर

1.6K shares

काठमाडौँ । दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘पूजार सार्की’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । यसअगाडि सार्वजनिक पोष्टरमा पुरुष चरित्रहरुमात्रै सार्वजनिक गरिएपनि यसपटक महिला पात्रहरुलाई पनि समावेश गरिएको छ । नयाँ पोष्टरमा प्रदीप खड्का, पल शाह, आर्यन सिग्देल, अन्जना बराइली र परीक्षा लिम्बु अटेका छन् ।

जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई लिएर व्यापक चर्चा रहेको छ । फिल्मको स्टारकास्टका कारण पनि हाइप उच्च छ । फिल्मममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । फिल्ममा सुवास भुसालको लगानी रहेको छ । फिल्मलार्य किंगडम नेटवर्कको ब्यानरमा निर्माण गरिएको छ ।

1.6K shares