जुम्लामा ज्योती मगरको कार्यक्रममा ढुंगा प्रहार
वि.सं.२०८१ वैशाख २४ सोमवार ०७:२७

काठमाडौँ । गायिका ज्याति मगर सहभागि सांगितिक कार्यक्रममा ढुंगा प्रहार भएको छ । वैशाख २२ गते जुम्लामा भएको कार्यक्रममा उनले प्रस्तुति दिने क्रममा ढुंगा प्रहार भएको हो ।
स्टेज प्रोग्राममा उनि सहभागि भएपछि केहि न केहि त हुनै पर्छ भन्ने मानक नै भइसक्यो । यसअगाडि पनि उनि सहभागि कार्यक्रममा यस्तो हुँदै आएको छ ।
सामाजिक संजालमा यसबारेमा चर्चा चुलिएपछि उनले स्ट्याटस लेख्दै वास्तविकता यस्तो भनेर बताएकी छन् । यस्तो छ उनले लेखेको स्ट्याटस
यो हो जुम्ला को दृश्य…
भाको केहो भने १० हजार भन्दा बढी को मास को उपस्थिती थियो मैले गित गाउदै गर्दा दर्सक हरु को नाच्न र झुम्न थाल्ने क्रम मा त्यहा भयका साना साना बच्चा र महिला हरु च्यपिन थाले पछि प्रहरी हरु भिड मा घुसेर रोक्न खोज्दै लाठी चार्ज गर्नु भयो, नाच्न नपाय पछि केटा हरु ले प्रहरी लाई ढुङा हान्न थाले र एक्छिन माहोल बिग्रेको हो, करिब आधा घन्टा म्युजिक अफ गरे पछि फेरि माहोल साम्य भयो र बाकी गित गायर कार्यक्रम सकाइयो । भाको यो हो ।
यदि म माथी ढुंगा मुडा भाको भय नि म त खुशी नै हुन्थे किन था छ ? बिना दर्सक को खाली चौर मा गित गाउनु पो अपमान हो ? हजार बढी दर्सक ले पैसा तिरेर मलाइ हेर्न आउँछ भने त म त खुशी खुशी ढुङ्गा नि खाइदिने हो ।
कार्यक्रम भब्य र सभ्य भयो भन्ने तर चौर मा ४ जना नि दर्सक नहुनु लाई भन्छ दर्सक ले लखेटेको भनेर, लखेट्नु लाई ढुङ्गा हान्नु पर्दैन उस्को कार्यक्रम नै नहेर इग्नोर गर्नु नै मन देखि बिरोध गर्नु लखेट्नु हो के बुङा हरु कुरा बुज्ने गर ।
ऐले आइरहेको समाचार मेरा हेटर्सहरु ले फैल्याइरहेको भ्रम हो । उनी हरु ले अरु त केही गर्न सक्दैन भ्रम फैलाउने र भ्रम मै रमाउने हुन बिचरा हरु । ऐले धेरै जना को स्टाटस र भिडियो क्लिप शेर गरिरहेको कति पय को प्रोफाइल हेरेको कोइ कोइ आरिस गर्ने कलाकार र आरिस गर्ने सो कल्ड समाज्सेवी देखे कोइ कोइ चै उहीँ बिचरा ग्यानेन्द्र साही जि का भक्त हरु बाकी था नपाउने इनोसेन्ट पिपुल जो ले जे भने नि होला कि भनेर बिस्वास गर्ने हरु । त झ्याक्ने हरु भ्रम फैलाउदै भ्रम मा रमाउदै गर म चै हिडे सुर्खेत को सिम्ता तिर गित गाउन । लखेट्नु छ भने आइज सय रुपिया को टिकट काटेर महोत्सव भित्र ।
वि.सं.२०८१ वैशाख २४ सोमवार ०७:२७







