अरुण भ्याली हाइड्रोको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन

280 shares

काठमाडौँ । अरुण भ्याली हाइड्रो पावरको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लगानीकर्तालाई १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । त्यसका लागि आज बुक क्लोजको अन्तिम दिन हो ।

लगानीकर्तालाई १० प्रतिशत बोनश शेयर र ०.५२६ नगद लाभांश दिने प्रस्ताव गरेको कम्पनीले असोज २४ गते साधारण सभा बोलाएको छ । कम्पनीले १ बराबर ०.५ हकप्रद शेयर दिने प्रस्ताव गरेको छ । बोनश शेयर समायोजनपछी लगानीकर्ताले हकप्रद शेयर पाउनेछन् ।

कम्पनीको शेयर प्रतिकित्ता ५ सय ७५ रुपैँयामा अन्तिम कारोबार भएको थियो ।

280 shares