नेपालको लगातार दोस्रो जित, ६ अंकका साथ शिर्ष स्थानमा

266 shares

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबार श्रीलंकालाई ३ २ को अन्तरले हराउँदै नेपालले जित निकालेको हो ।

माल्दिभ्समा जारी खेलमा श्रीलंकाबिरुद्ध नेपालका सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । जवाफि गोलमा श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलो डी सिल्भाले एक एक गोल फर्काए । खेलमा सुमनले ३३ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

खेलको ५१ औँ मिनेटमा अन्जनले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । ५७ औँ मिनेटमा ह्यामिल्टनले श्रीलंकका तर्फबाट गोल फर्काए ।

खेलको ८७ औँ मिनेटमा मैदान प्रवेश गरेका आयुसले नेपालको तर्फबाट गोल गर्दै नतिजा ३ १ बनाए । इन्जुरी समयमा श्रीलंकाको डी सिल्भाले पेनाल्टीमा एक गोल फर्काए । ३(२ गोल अन्तरको नतिजासहित नेपालले दोस्रो जित निकालेको हो ।

नेपाल शिर्ष स्थानमा

लगातार दोस्रो जित निकाल्दै नेपाल खेल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा माल्दिभ्सलाई १ ० को अन्तरले हराएको थियो ।

अब नेपालले तेस्रो खेल भारतसँग ६ दिन पछि अक्टोबर १० मा खेल्नेछ

266 shares