दोलखाको जुँगुमा खेल खेल्न गएका स्कुले विधार्थी माथी जातिय विभेद, प्रहरीमा उजुरी

21.1K shares

काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिका २ जुँगु स्थित निलकण्ठेश्वर माध्यामिक विद्यालयमा आयोजना भएको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता खेल्न गएका विद्यार्थीमाथि होटल व्यवसायीले जातिय विभेद गरेको भन्दै प्रहरीकहाँ उजुरी परेको छ । खेल खेल्नका लागि जुँगु पुगेका सोहि गाउँपालिका वडा नम्बर ६ चंखुका दलित समुदायका विद्यार्थीले आफुहरुमाथि विभेद भएको भन्दै मंगलबार उजुरी दिएका हुन् ।

पिडितहरुले इलाका प्रहरी कार्यालय सुरीमा उजुरी दर्ता गराएका हुन । चंखुको भुमेगुम्वा माविबाट रनिङ शिल्ड खेल्न गएका विद्यार्थी विद्यालयले व्यवस्थापन गरेको होटलमा बस्दा विभेदमा परेका हुन् । व्यवसायीले दलित भएको थाहा पाएपछि होटलबाट निकालिदिएको पिडितको भनाइ छ ।

पिडितहरुले छुवाछुत कसुर अन्र्तगत कारवाहीको माग गरेको छ ।

 

21.1K shares