भक्तपुरमा झगडा रोक्न पुगेका प्रहरीमाथि आक्रमण

770 shares

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ कटुन्जेस्थित नगरपालिकाको कार्यालय नजिकै गएराति झगडा भएपछि स्थानीयले प्रहरी कन्ट्रोलमा खबर गरे । झगडा नियन्त्रण गर्न प्रहरी प्रभाग कटुन्जेका प्रहरी नायव निरीक्षक राजन बनमाला र जवान राज बहादुर ऐर घटनास्थलमा पुगे ।

घटनास्थलमा पुगेका सोही प्रहरीलाई झगडा गर्ने एउटा समूहले आक्रमण गरेका छन् । झगडियाहरूले प्रहरीमाथि हातपात हुँदा प्रनानि बनमाला र जवान ऐर सामान्य घाइते भएका छन् । आक्रमणका बिच प्रहरीले एकजना झगडियालाई घटनास्थलमै पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ नगरपालिका घर भएर सूर्यबिनायक बस्ने ३२ वर्षीय अर्जुन तामाङ छन् । जिल्ला प्रहरी परिसरले भक्तपुरले थप फौज परिचालन गरेर अरू दुई जनालाई पनि पक्राउ गरेको छ ।

770 shares