फिल्म एक्लोको ‘एक्लै बाँच्नु खुरुखुरु’ गीत सार्वजनिक
वि.सं.२०८२ कात्तिक १ शनिवार ०८:२०
679
shares

काठमाडौं । प्रदीप खड्का स्टारर साई–फाई फिल्म फिल्म ‘एक्लो’को पहिलो गीत सार्वजनिक भएको छ । फिल्मको ‘एक्लै बाँच्नु खुरुखुरु’ गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा स्वप्नील शर्माको कम्पोज तथा शब्द रहेको छ भने रोहित शाक्यको संगीत । गीतमा शान्तिश्री परियारको आवाज छ । गीतको भिडियोमा अभिनेत्री समेत रहेकी कविता नेपालीको आकर्षक नृत्य छ ।
प्रदीप शाहीको लेखन तथा निर्देशन रहेको फिल्म १ जनवरी, २०२६ अर्थात १७ पुस बाट रिलिज हुनेछ । फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ ।
फिल्ममा प्रदीप खड्का, बेनिशा हमाल, कविता नेपाली, सुनिल थापा, जेमि वेकन, दिया पुन लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८२ कात्तिक १ शनिवार ०८:२०
679
shares













