शिल्पा शेट्टीले किन बन्द गरिन् रेस्टुरेन्ट ?

812 shares

काठमाडौँ । बलिउड अभिनेत्री शिल्पा शेट्टीको रेस्टुरेन्ट बास्टियन बन्द हुने भएको छ । मुम्बईको बान्द्रामा अवस्थित रेस्टुरेन्ट बन्द भएको घोषणा शिल्पा आफैंले गरेकी हुन् । उनले यसलाई ‘एक युगको अन्त्य’को रुपमा टिप्पणी गरेकी छन् ।

शिल्पाले इन्स्टाग्राम अकाउन्टमा ‘बास्टियन’ बन्द भएको घोषणा गर्दै लेखेकी छिन्, ‘यो बिहीबार एक युगको अन्त्य हुनेछ किनकि हामीले मुम्बईको सबैभन्दा प्रतिष्ठित गन्तव्यमध्ये एक बास्टियन बान्द्रालाई बिदाइ गर्नेछौं ।’

उनी थप लेख्छिन्, ‘यो त्यो ठाउँ हो जसले हामीलाई अनगिन्ती सम्झना, अविस्मरणीय रात र क्षण दियो, जसले शहरको रात्रि जीवनलाई आकार दियो । अब यो ठाउँले आफ्नो अन्तिम पर्दा छोप्दैछ ।’अभिनेत्रीले अगाडि लेखेकी छिन्, ‘यस पौराणिक ठाउँलाई सम्मान गर्न, हामी हाम्रा नजिकका पाहुनाका लागि एक विशेष साँझको आयोजना गर्दैछौं, जुन पुरानो याद, ऊर्जा र जादूले भरिएको रात हो, जहाँ बास्टियनले हामीलाई अहिलेसम्म दिएका सबै कुराको उत्सव मनाइनेछ ।’

यस पोस्टमा शिल्पाले रेस्टुरेन्ट बन्द हुनुको कारण बताएकी छैनन् । उनले यो रेस्टुरेन्ट सन् २०१६ मा रंजित बिन्द्रासँग मिलेर सुरु गरेकी थिइन् । यो ठाउँ मुम्बईको रात्रि जीवनमा धेरै लोकप्रिय थियो ।

 

812 shares