सुनको मूल्य बढ्यो, तोलाको कति ?

819 shares

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार तीन सय रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार दुई लाख २१ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला दुई लाख २३ हजार रूपैयाँ पुगेको छ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले बढेको छ। मंगलबार २६ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला २७ सय पुगेको छ।

 

819 shares