जुँगुमा रहेको हिमचुली बहुउद्देश्यीय सहकारीमा चोरी, दुई दिन देखि सेक्युरिटी गार्ड वेपत्ता

350 shares

दोलखा । गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुँगुमा रहेको हिमचुली बहुउद्देश्यीय सहकारी लिमिटेडमा चोरी भएको छ । सहकारीमा बुधबार बेलुका चोरी भएको हो ।

बुधबार सबै कर्मचारीहरु नियमित काम सकेर घर फर्किएका थिए । रातको समयमा सहकारीको पहरेदार गर्ने गार्ड बाबुराम खड्का सदाझैँ समयमै घरबाट सहकारी निस्किएको स्थानीयहरुले बताएका छन् । बिहीबार विहान अन्य कर्मचारी सहकारीमा पुग्दा बाहिरको गेट लगाएको थियो तर सहकारी भित्रका सबै समानहरु असरल्ल छरिएका थिए ।

चोरीको शंका भएपछि सञ्चालक समितीले खड्काको खोजि गर्यो । सो दिन सहकारीका लागि निस्किएका गार्ड कतै भेटिएनन् । सञ्चालक समितीले चोरीको शंका भएपछि मैनापोखरीमा रहेको प्रहरीलाई खबर गरेर मुचुल्का उठाएको छ ।

सबैतिरबाट जम्मा भएको २ लाख रुपैँया बराबरको रकम चोरी भएको सञ्चालक समितीले जनाएको छ । सहकारीको चावी सेक्युरिटी गार्ड र ब्यबस्थापकसँग भएको समितीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको तथा वेपत्ता सेक्युरिटी गार्ड खड्काको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

350 shares